बुद्धनगरमा नेपाल पक्षको स्थायी कमिटी बैठक, भीम रावल पनि सहभागी
काठमाडौं – पार्टीभित्रको विवाद थप पेचिलो बनिरहेका बेला नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक काठमाडौंको बुद्धनगरमा बसिरहेको छ ।
पार्टीभित्र एकताको पहल गरिरहेका कार्यदलका सदस्यहरूसहित नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक आह्वान गरेका हुन् । बैठकमा उपाध्यक्ष भीम रावल पनि सहभागी छन् । यसअघि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसँग कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए । रावलले शुक्रबार सांसद पदबाट राजीनामा फिर्ता लिए । त्यसपछि उनी नेपाल समूहमै सक्रिय हुन थालेका हुन् । उनले राजीनामा फिर्ता समेत लिएका छन् । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीचको विवाद साम्य हुन नसक्दा एमाले विभाजनको डिलमा आइपुगेको छ । तर दोस्रो तहका नेताहरूले भने पार्टीलाई एकताबद्ध बनाउनु पर्ने भन्दै छलफललाई जारी राखेका छन् ।
प्रतिकृया दिनुहोस्