March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

धादिङमा १० दिनदेखि हराइरहेकी सम्झना जङ्गलमा मृत फेला

धादिङ – धादिङमा १० दिनदेखि बेपत्ता एक युवती मृत फेला परेकी छिन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जङ्गलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।



शीर्ष समाचार

धेरै पढिएको