October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा विदेश विभागकै आपत्ति

काठमाण्डौँ – प्रधानमन्त्री केपीशर्मा ओलीले सक्कलीअयोध्या नेपालमा नै छ भनेर दिएको अभिव्यक्ति बिनातथ्य र प्रमाणको भएको भन्दै प्रधानमन्त्री ओली कै दल नेकपाको विदेश विभागले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राष्ट्रकै शिर झुक्ने भन्दै यस्ता विवादास्पद कुरा बोलेर भ्रम छर्दा बौद्धिकि होइन्छ भनेर भ्रमनपाल्न समेत आग्रह गरेको छ ।


सत्तारुढ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले ट्विट गर्दै संवादमार्फत नेपाली भुमिफिर्ता लिनु पर्ने बेलाविरोध र उत्तेजना फैल्याउने गरी मसलादिइनु रहस्यमय भएको बताएका छन् । रिजालले ट्विट गर्दै भनेका छन् ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोदा राष्ट्र«कै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोेलेर विद्धान भइनछ भन्नु ठुलो भ्रमहो । फुकीफुकी पाइलाचालेर भुमिफिर्ता ल्याउनुपर्ने बेलामाविरोध र उत्तेजनाकालागि एकपछि अर्को मसलादिइनु दुर्भाग्यपुर्ण मात्र होइन रहस्यमय छ ।’

त्यस्तै राप्रपाकाअध्यक्षक मलथापाले पनिप्रधानमन्त्रीको अभिव्यत्तिले नेपालभारत सम्बनध थप जटिल बन्दै गएको बताएका छन् । उनले प्रधानमन्त्रीले अपुष्ट, उट्पट्याङ र अप्रमाणित कुरा गरेर नेपालभारत सम्बन्ध बिगारेको आरोप लगाएका छन् । ‘प्रमको स्तरबाट यस्ता उट्पट्याङ अपुष्ट र अप्रमाणित कुरा आउनु सवर्था उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दाबिगार्ने तर्फ पमको ध्यानगए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमति भुमीफिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमाअनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

शीर्ष समाचार

धेरै पढिएको