November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा श्रेष्ठ मनोनित

काठमाडौँ – नेपाली कांग्रेस धादिङका यूवा नेता सुनिल श्रेष्ठ नेपाली कांग्रेस केन्द्रिय तरुण विभाग अन्तर्गतको यूवा उद्यमी विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा नियुक्त भएका छन् । पूर्व मन्त्री एवं तरुण विभाग प्रमुख शंखर भण्डारीले श्रेष्ठलाई मनोनित गरेका छन् ।

विगत लामो समयदेखि कांग्रेसको यूवा राजनीतिमा कृयाशिल श्रेष्ठले आफु पार्टीलाई बलियो र शसक्त बनाउन लाग्ने बताएकाछन् । यूवाका माझ लोकप्रिय यूवा नेता श्रेष्ठले विभिन्न सामाजिक कार्यमा समेत कृयाशिल रहेका छन् ।

पूर्व मन्त्री भण्डारी भन्छन्- ‘सुनिल श्रेष्ठले तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने यूवा तरुणहरुलाई समन्वय गरी गतिशिल बनाउन योगदान दिनेछन् ।’

श्रेष्ठ नेपाल तरुण दल धादिङको जिल्ला कार्य समिति सदस्य समेत हुन् ।

शीर्ष समाचार

धेरै पढिएको