September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति पाएका ६ निजी प्रयोगशाला

काठमाण्डाै – सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति हो ।

स्टार अस्पताल काठमाण्डाै, काठमाण्डाै मेडिकल कलेज काठमाण्डाै, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाण्डाै र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् । यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् ।

प्रयोगशालाले पीसीआर परीक्षणको दायरा बढाउनकाे लागि गएकाे जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । त्याे प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।

कोभिड– १९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड १९ को पीसीआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले देशभरि २५ वटा प्रयोगशालाबाट पीसीआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको