December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

आज कहाँ–कहाँ छ बाढीको खतरा ?

काठमाडौं – मनसुनी वायुका कारण आज (बुधबार) पनि देशका धेरै स्थानमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण आज महाकाली, नारायणी र यिनका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाइएको छ । तर, सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

तिनाउ नदीमा पनि बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र कर्णालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । यस्तै, कन्काई, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज पाँचथर, सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराह, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, रुपन्देही, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला, दार्चुला, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढीको पूर्वानुमान

शीर्ष समाचार

धेरै पढिएको