November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

३,१०८ कोराना संक्रमित थपिँदा १,५९५ निको, २५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ ।

परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् । त्यस्तै मोरङ्गमा २५२, झापामा १७८, सुनसरीमा १६५ तथा कास्कीमा १२६ जना थपिएका छन् ।

मंगलबार २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको