December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

आजबाट काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाईने

काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागेको बताए। अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।

यसैबीच, प्रधामन्त्री शेरबहादुर देउवाले आज उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने बताइएकाे छ।

प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नेछन्। 

शीर्ष समाचार

धेरै पढिएको