अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ
काठमाण्डौ – बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् । यस्तै कतिपय ठाउँमा यज्ञ पनि गरिएको छ ।
अमिताभ बच्चन लगायत छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अमिताभ बच्चनले शनिबार राति ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण भएको जानकारी गराएपछि फ्यानहरुले प्रार्थना गर्न थालेका हुन् ।
कलकत्तामा अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै यज्ञको आयोजना गरिएको छ ।
प्रतिकृया दिनुहोस्