December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

सर्वोच्चको फैसला अघि एमाले एकता टर्याे

सर्वौच्च अदालतको फैसला अगावै एमाले एक गर्ने संस्थापन पक्षको प्रयास असफल भएको छ । अघिल्लो सोमबार देखी दैनिक वार्ता गरेको कार्यदल यो समाचार तयार पार्दा समेत वार्ता मै छ । तर पनि मुल विषयमा कुरा नमिलेका कारण सोमबार अदालतको फैसला आउनुपुर्व एमाले एकता संभव नभएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार बरिष्ठ नेता माधवकुमार नेपालले अदालतको निर्णय प्रभावित हुने गरी सहमति हुन नसक्ने भन्दै अदालतको फैसला पछि नै एकताको विषय बहस गर्ने प्रष्ट सन्देश संस्थापन पक्षलाई पठाएका छन् । उच्च स्रोतका अनुसार आइतबार बेलुका कार्यदल बैठक बस्दै बस्दै नेपाललाई भेट्न पुगेका आफु पक्षीय घनश्याम भ्साल मार्फत वरिष्ठ नेता नेपालले सोमबार पछि मात्र एकतामा सहमति हुने भन्दै आज हस्ताक्षर नहुने सन्देश पठाएका हुन् । नेपाल सन्देश पाए लगत्रै आइतबार ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायि समिति बैठक पनि २८ गते सम्मका लागि स्थगित भएको छ । आइतबार नै पार्टी एक हुने बताइएको थियो । आइतबार बिहान मात्र महासचिव इश्वर पोखरेललाई बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । एकता कार्यदलका सदस्यहरुले पनि आइतबार बिहानै सहमति पत्रमा हस्ताक्षर हुने बताएका थिए । तर नेता नेपालले आफ्नो निवासमा बैठक गरेर अदालतको काम कारबाही प्रभावित हुने गरी कुनै सहमति हुन नसक्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको