November 26, 2022, Saturday
२०७९ मंसिर १०, शनिबार
KN hd tv

एमाले एकता बैठक निष्कर्षउन्मुख रहेको नेताहरूको दाबी

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ। बुधबार  सिंहदरबारमा बसेको बैठक सकिएको हो।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म विवाद टुंग्याउने गरि लाग्ने बताए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने उनको भनाइ थियो।

एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल निष्क्रिय थियो तर सोमबारदेखि कार्यदल फेरि सक्रिय भएसँगै निरन्तर बैठक बस्दै आएको छ। कार्यदल सक्रिय भएसँगै सोमबार र मंगलबार छलफल भएका थिए। 

कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। 

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।

शीर्ष समाचार

धेरै पढिएको