December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

मौसम: आजदेखि केही दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडाैं– मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। बुधबारदेखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । 

काठमाडौँ उपत्यकामा अहिले आंशिक रुपमा बदली छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ। 

प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

शीर्ष समाचार

धेरै पढिएको