September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

संखुवासभाको बेसिन्दा गाउँका सात घर पहिरोले बगायो,‍ ११ जना बेपत्ता

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । – रासस

शीर्ष समाचार

धेरै पढिएको