June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने यातायात व्यवसायीको अडान

काठमाण्डाै  – यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने अडान राखेका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।

यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नसकिने बताउनुभएको छ ।

लकडाउनपछिको अवस्थामा सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा छलफल चलिरहेको बेला सरकारले सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेपछि अन्योल भएको उहाँको दावी छ ।

शीर्ष समाचार

धेरै पढिएको