November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अबरुद्ध, बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

चितवन – लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा आज पनि बाटो अवरुद्ध भएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हुँदै आएको उक्त सडक खण्ड पहिरो सफा गर्दै खुलाउने क्रम जारी रहे पनि अत्यावस्यक सवारी साधनहरुले बैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको हो ।

नारायणगढ मुग्लिन सडकखण्डको सेति दोवान १४ किलो लगायत विभिन्न स्थानमा पहिरोका कारण बाटो अवरुद्ध भएको भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो । आइतबार राति सेती दोभानको पहिरो हटाएर एकतर्फी बाटो खुलाए पनि पुनः पहिरो गएका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको