विपद परेको ठाउँमा उद्दारका लागि सक्रिय रहन कांग्रेस नेता कोइरालाको आग्रह
काठमाडौं – लगातार तिन दिनदेखी परेको भारी वर्षातका कारण मुलुकका विभिन्न ठाउँमा बाढी–पहिरो गएको छ । विभिन्न ठाउँमा भएको बाढी– पहिरोले मानवीय क्षति पुर¥याएको छ । यसैबिच विभिन्न राजनीतिक दलका नेता आफ्नो– आफ्नो ठाउँबाट विपद परेको ठाउँमा उद्दारका लागि सक्रिय भएका छन् । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
तीन दिन यता मुलुकभर भइरहेको भारी वर्षाले तीन दर्जनभन्दा बढी मानिसको मृत्यु, कयौँ बेपत्ता तथा घाइते र दर्जनौँ मानिस विस्थापित भइरहेका बेला नेता कोइराला पार्टी कार्यकर्तालाई उद्धार राहतमा जुट्न आग्रह गरेका हुन् ।
कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘अविरल बर्षाले देशका बिभिन्न जिल्लाहरू डुवानमा छन। जनधनको क्षति भइरहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ, केही घाईते छन् र कैयौं बेपत्ता छन् ।
प्रतिकृया दिनुहोस्