November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

प्रधानन्यायाधीशको प्रश्न : संविधान ज्यूँदो राख्न ओलीले अरुलाई प्रम दिन सक्नु हुन्थ्यो नि हैन ?

काठमाडौं –  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनकर्ताका विपक्षीतर्फका वकिललाई आज (बिहीबार) को बहसमा लगातार प्रश्न तेर्स्याएका छन् ।

‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान ज्युँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नु हुन्थ्यो नि हैन र ?’, प्रधानन्यायाधीशको प्रश्न थियो, ‘प्रधानमन्त्री ओलीले एक पटक विघटन गर्नुभयो अदालतले मिलेन भनी विघटन बदर ग¥यो । यसरी बदर गर्दा संविधानको दायित्व र अरु समेत भन्यो । यो अवस्थामा प्रम ओलीले आफू मात्र हुने अरु बनाउने दायित्वबाट किन विमुख हुनुभयो ?’

यसअघि संविधानको धारा ७६ (५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश राणाले पूर्व महान्यायाधिवक्ता समेत रहेका अग्नि खरेललाई प्रश्न राखेका थिए ।

उनले प्रश्न गर्दै भनेका थिए, ‘संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ?’ राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? भन्दै अर्को प्रश्न गरेका थिए ।

‘उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?’, उनको तेस्रो प्रश्न थियो ।

शीर्ष समाचार

धेरै पढिएको