December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

संविधान जोगाउन ओलीले पद छाड्न किन नसकेको: प्रधानन्यायाधीशको

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसकेको भनेर प्रश्न गरेका छन्। 

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइअन्तर्गत बिहीबारको बहसमा प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायीलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्। 

‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान जिउँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नु हुन्थ्यो नि, हैन र?’ बहसमा उत्रिएका प्रधानमन्त्रीका कानुन व्यवसायी अधिवक्ता पर्शुराम कोइरालालाई राणाले सोधे। 

प्रधानन्यायाधीश राणाले गत पुस ५ गतेको विघटनलाई बदर गर्ने फैसला समेत स्मरण गराउँदै प्रधानमन्त्री ओली संवैधानिक दायित्वबाट किन विमुख भए भनेर समेत प्रश्न गरे। 

‘प्रधानमन्त्री ओलीले एकपटक विघटन गर्नुभयो, अदालतले मिलेन भनी विघटन बदर गर्‍यो,’ प्रधानन्यायाधीश राणाले भने, ‘यसरी बदर गर्दा संविधानको दायित्व र अरु समेत भन्यो। यो अवस्थामा प्रम ओली ओफ्नोमात्र बनाउन पर्ने थियो, अरुको बनाउने दायित्वबाट उहाँ किन विमुख हुनुभयो?’



शीर्ष समाचार

धेरै पढिएको