साझा यातायातले काठमाडौं उपत्यकामा बस चलाउने

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा बस चलाउने भएको छ । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत साझा यातायातले छोटो दुरीमा केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको र साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने जानकारी दिएका हुन् ।

साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले सरकारले तोकेको मापदण्ड बनाई बस सञ्चालनको लागि तयारी थालिएको बताउँदै तयारी पुरा भयो भने साउन १ गतेदेखि बस सञ्चालन गर्ने जानकारी दिए ।