December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ मिठौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले गए राति भएको दुर्घटनामा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको बताए।

उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन्।

अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ।



शीर्ष समाचार

धेरै पढिएको