December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

प्रधानमन्त्रीका वकिलकाे प्रश्न- काेभिडकाे समयमा हुल जम्मा गरेर किन मुद्दा दर्ता गरियाे?

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले कोरोना महामारीका बेला हुल जम्मा गरेर किन मुद्दा दर्ता गरेको भन्दै प्रश्न उठाएका छन्।

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४६ जना सांसद नै सर्वाेच्च अदालत पुगेर रिट दायर गरेकोप्रति यस्तो टिप्पणी गरेका हुन्। 

प्रतिनिध सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले यस्तो अभ्यास आफूले कतै नदेखेको समेत बताए।

‘पाँच जना भन्दा धेरै निवेदकलाई अदालतले चिन्दैन। याे मुद्दाले किन प्राथमिकता पायाे थाहा भएन’, वरिष्ठ अधिवक्ता पन्तले भने, ‘तीन थरी मुद्दा आए। राष्ट्रपतिकाे निर्णय बदर गर्ने, शेरबहादुर देउवा र केपी ओलीलाई बनाउने। राष्ट्रपतिकाे निर्णय सदर भए त ठीक छ। नत्र केपी ओलीकाे रिटमा न्याय नहुने देखियाे।’

जारी सुनुवाइमा सरकारी पक्षको बहस सकिएको छ। अब केही समय प्रधानमन्त्रीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्।

सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि एमिकस क्युरीले राय दिनेछन्। उनीहरूले रायपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि अदालतल फैसलाको चरणमा पुग्नेछ।

शीर्ष समाचार

धेरै पढिएको