December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

सरकारी वकिललाई इजलासको प्रश्न– विघटनअघि संसदलाई सोध्न पर्दैन ?

काठमाडौं –  प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतमा आज (मंगलबार) पनि बहस जारी छ । आज नायव महान्यायाधिवक्ता पदम पाण्डेयले वहस गरिरहेका छन् ।

उनलाई इजलासले आधार प्रस्तुत गरेमा भनेर संविधानमै उल्लेख गरेको विषयमा राय माग गरेको छ । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासबाट विघटनअघि संसद्लाई सोध्न पथ्र्यो कि पर्दैनथ्यो भनि प्रश्न गरेका छन् ।
‘विघटनअघि संसद्लाई सोध्नु पथ्र्यो कि पर्दैनथ्यो ?’, उनको प्रश्न थियो, ‘अब यो संसद्बाट प्रधानमन्त्री दिन सकिँदैन भनेर स्वीकृति चाहिन्छ कि चाहिँदैन ?’

न्यायाधीश मिरा खड्काले पनि प्रस्तुत गरेमा भनिएको छ कुनै अधिकारीले आधार परीक्षण गर्ने व्यवस्था त छैन । कसरी अस्वीकृति भयो ? भनेर प्रश्न गरेकी छन् । पाण्डेयले भने आधार पेस गरेमा भनेको बहुमत प्राप्त गर्ने आधार भएको बताएका थिए । ‘त्यसको ठहर कुनै अधिकारीले नभनेकैले राष्ट्रपति स्वयम्ले गर्ने हो’, पाण्डेको जवाफ थियो, ‘संविधानको संरक्षकले गलत निर्णय लिन भएन । दुवैमा आधार नभेटेपछि राष्ट्रपतिसँग विकल्प थिएन विघटनको बाटो रोज्नुभयो ।’

शीर्ष समाचार

धेरै पढिएको