December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

चट्याङ लागेर तीन जनाको गयो ज्यान, चार घाइते

पर्सा –  पर्सामा आज (मंगलबार) बिहान चट्याङले लागेर तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

चट्याङले लागेर जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

यस्तै देवरवानीमा चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । चट्याङ लागेर जिराभवानीमा पनि तीन जना सामान्य घाइते भएको डीएसपी खनालले जानकरी दिए ।

शीर्ष समाचार

धेरै पढिएको