December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

आजदेखि एकसाता थपियो निषेधाज्ञा : केके चल्छन्, केके चल्दैनन्?

काठमाडौं– काठमाडौं उपत्यकामा जारी  निषेधाज्ञा पुनः एकसाता थपिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर तथा ललितपुर)  का प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले केही प्रावधान खुकुलो बनाउँदे निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

आजदेखि थपिएको निषेधाज्ञामा जोरविजोरका आधारमा ठूला सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन्।  यस्ता सवारी साधनमा स्वास्थ्य प्रोटोकल भने अनिवार्य गरिएको छ।

२५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधन विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था बैठकले गरेको थियाे।

त्यसैगरी आजदेखि सबैखाले पसलसमेत सञ्चालन हुनेछन् । किराना तथा खाद्यसमाग्री पसल बिहान ६ बजेदेखि र अन्य पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न पाइने व्यवस्थासमेत गरिएको छ। यसअघि खाद्यान्न विक्री गर्ने पसल बिहानमात्र खेल्न पाइन्थ्यो भने अन्य पसलका हकमा दिन तोकिएको थियो।

यसअघि गरिएको व्यवस्था अनुसार प्रत्यक्ष सम्पर्क हुने सेवा तथा भिडभाड हुने क्षेत्र एवं सार्वजनिक स्थलमा हुने जात्रा, नाराजुलुसलगायतमा भने प्रतिबन्ध कायमै छ। 

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको