December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा, अब सार्वजनिक यातायात खुल्ने

काठमाडौं –  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएको छ ।

सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।

अब मंगलबारदेखि सार्वजनिक यातायात खुल्ने भएको छ । सार्वजनिक यातायात खुल्ने भनिएपनि त्यसको प्रक्रिया कस्तो हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने या अन्य प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ ।  पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । 

शीर्ष समाचार

धेरै पढिएको