March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

संसद विघटन मुद्धा : सरकारका तर्फबाट पूर्व महान्यायाधिवक्ता पन्त र खरेलले बहस गर्ने

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्दैछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ जना सांसदले दर्ता गराएको रिट पक्षबाट ३६ कानुन व्यवसायीले आइतबार बहस सकेसँगै आजबाट विपक्षीका तर्फबाट बहस सुरु हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुवात गर्नेछन् । सरकारी पक्षलाई बहस गर्न १५ घन्टा दिइएको छ । जसमा एक घन्टा सभामुख पक्षलाई छुट्याइएको छ ।

महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने तय भएको छ । त्यस्तै पूर्व महान्यायाधिवक्ता सुशील पन्त र अग्नि खरेलले पनि प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दैछन् ।

११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा समय दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको