November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

आजदेखि नियमित सेवा दिँदै पोखरा महानगर

कास्की– कोरोना भाइरस संक्रमण जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन्।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ। निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए।

यसैबीच, जिल्लाका अन्य कार्यालयले समेत सेवा सुरु गरेका छन्। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायत अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा सुरु गर्ने भएका छन्। केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ।

कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्यांकबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको