December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

देशभर ९५६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (प्रदेशगत संख्यासहित)

काठमाडौं- देशभर हाल ९५६ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। ७३४ आईसीयू र २२२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १४५ आईसीयू र ४२ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आईसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आईसीयू र १४१ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ७७ जना आईसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २७९ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आईसीयू र ४ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १६ जना आईसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा १६ आईसीयू र ७ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २० आईसीयू र ९ भेन्टिलेटरमा छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १७ जना आईसीयू र १४ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आईसीयू र २८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आईसीयू र ७ भेन्टिलेटरमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा ९ जना आईसीयूमा, भक्तपुर अस्पतालमा १ आईसीयू र १ भेन्टिलेटरमा छन्।  मनमोहन अस्पतालमा २ आईसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ८ आईसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा २ आईसीयूमा, किस्ट अस्पतालमा ४ आईसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ३० आईसीयू र ५ भेन्टिलेटरमा छन्।

शीर्ष समाचार

धेरै पढिएको