April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

नेपाली कांग्रेसकाे क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनको तयारी तथा  क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्दै छ। महाधिवेशनसम्बन्धी विविध विषयमा समेत छलफल गर्ने गरी पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यको बारे विवाद रहेको छ। आजको बैठकले क्रियाशील सदस्यका लागि सूचीकृत सदस्य विरुद्ध परेका उजुरी टुंग्याउन मापदण्डसमेत बनाउने जनाइएको छ।

सूचीकृत  नामकाबिरुद्धमा कयौं उजुरी र गुनासा दर्ता भएको समितिले जनाएको छ। प्रदेश २ का ८ जिल्लासहित मोरङ र सुनसरीबाट धेरै उजुरी परेका छन्।

पार्टीभित्रको विवादले सिन्धुपाल्चोक, बारा र बर्दियाबाट हालसम्म क्रियाशील सदस्य सूचीकृत हुन सकेका छैनन्। ५० जिल्लाको क्रियाशील सदस्य छानबिन समितिले टुङ्गो लगाएको छ।

२४ जिल्लाका क्रियाशील सदस्य छानबिन गर्न बाँकी छ। ती मध्ये १५ जिल्लाबाट परेका उजुरी गम्भीर प्रकृतिको भएको समितिले जनाएको छ। 

सदस्यतासम्बन्धी उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो। ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ।

शीर्ष समाचार

धेरै पढिएको