November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

रोकिएको जनगणना कार्यक्रम साउनदेखि सुरु गर्ने तथ्यांक विभागको तयारी

काठमाडौं– महामारीका कारण रोकिएको जनगणना कसरी र कहिले गर्ने भन्ने विषयमा आज (आइतबार) निर्णय हुने भएको छ।गत जेठमै हुनुपर्ने जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण स्थगित भएको थियो।

यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका अघि बढाइएको कार्यक्रम स्थागित भएपछि अबको  तयारीका लागि आज सरोकारवालाको बैठक बस्न लागेको तथ्यांक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताए।

आइतबार बस्ने राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले जनगणनाको काम तत्काल अघि बढाउने कि केही समयपछि सार्ने भन्ने छलफल गर्नेछ। 

मन्त्रिपरिषद्ले स्वीकृति दिएमा भदौभित्र गणना सक्ने लक्ष्य विभागको छ।विभागले यसअघि नै गणक छनोट तथा तालिमलगायत कार्य सम्पन्न गरिसकेको छ। भदौभित्रै  सम्पन्न गर्न नसके जनगणना २ वर्ष धकेलिन सक्ने  विभागको भनाइ छ।

यसअघि वैशाख १५ गतेदेखि सुपरिवेक्षकका लागि तालिम दिन सुरु गरे पनि  बीचैमा स्थागित भएको थियो। हरेक १० वर्षमा हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ।

शीर्ष समाचार

धेरै पढिएको