November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

टोटनह्यामसँग कुनै कुरा भएकाे छैन, बाहिरी हल्लाले मलाईं असर पर्दैन : केन

काठमाडाैं- इङ्लिस कप्तान ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन्।

२७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको बताए समाचारहरु प्रकाशित हुँदै आएकाे छ। अहिले उनको भविष्यलाई लिएर विभिन्न अड्कल हुँदै आएकाे छन्।

उनी प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला पनि चलेकाे छ। यद्यपि, उनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको बताएका छन्।

‘साँच्चिकै बाहिरी हल्लाले मलाईं असर पर्दैन’, उनले भने, ‘म टिमका खेलाडीहरुसँग हुन्छु, म उनीहरुलाई सहयोग गर्ने प्रयासमा हुन्छु। टिमको नेतृत्व गर्ने प्रयासमा हुन्छु।’

केनले जारी युरोकपमा अहिलेसम्म गोल गर्न सकेका छैनन्, तर क्लब परिवर्तन सम्बन्धि चर्चा यसको कुनै सम्बन्ध नरहेको उनले बताए।

अन्तिम १६ मै इंग्ल्यान्ड आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीमध्येको एक जर्मनीसँग भिड्नेछ।

चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेको  जर्मनी र इंग्ल्याण्ड अहिलेसम्म ३३ चोटि आमेसामने भएका छन्। जसमा इंग्ल्यान्डले १३ खेल जित्दा १५ खेल हारेको छ। चार खेल भने बराबरीमा टुंगिएका छन्।

दुई जित र एक खेलमा बराबरी खेल्दै समूह विजेता बनेर इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो। यता जर्मनीले एक खेलमा बराबरी, एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो।

यी दुईबीचको विजेताले स्विडेन र यूक्रेनबीचको विजेतासँग क्वार्टरफाइनलमा खेल्नेछ।

शीर्ष समाचार

धेरै पढिएको