December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

जाँदाजाँदै निवर्तमान स्वास्थ्यमन्त्रीले गरे कर्णालीमा विवादास्पद नियुक्ती

काठमाण्डु – सरकारले पुरानो मिति राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्त गरेको छ ।

प्रतिष्ठानका सहकुलपति रहेका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेकपा (एमाले)को भातृ संस्था युवा संघका उपाध्यक्ष नृपेन्द्र महतलाई प्रतिष्ठानको रजिष्ट्रार पदमा नियुक्त गरका हुन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले महतसहित तीन जनाको नाम मन्त्री तामाङलाई सिफारिस गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको