September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

अब कक्षा ११ र १२ का विद्यार्थीलाई पनि निःशुल्क पाठ्यपुस्तक

काठमाडौं– सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन्। सरकारले घोषणा गरेको कार्यक्रमअनुसार २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन्।

दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दिएको छ। केन्द्रले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकेको छ।

स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन्। सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा÷गणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ। 

ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन्। यस पटक अनिवार्य विषयतर्फ कक्षा ११ को पाठ्यपुस्तक छपाइका क्रममा रहेको र कक्षा १२ को पाठ्यपुस्तक छपाइ कार्य सुरु हुन नसकेको केन्द्रले जनाएको छ। २०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । गत वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको