July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

काठमाडौंमा ५ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं- आज (बिहीबार) काठमाडौंमा ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। आज भक्तपुर र ललितपुरमा भने एक जना पनि संक्रमित थपिएनन्।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ।

हाल देशभरका क्वारेन्टिनमा २४ हजार ४२५ जना छन्। त्यसैगरी आइसोलेसनमा रहेका एक्टिभ केसको संख्या ८ हजार ६०५ छ।

अहिलेसम्म ७ हजार ८९१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।


शीर्ष समाचार

धेरै पढिएको