बाढीले जुगल गाउँपालिकामा दुई वटा झोलुङ्गे पुल बगायो
सिन्धुपाल्चोक- निरन्तरको वर्षापछिको बाढी र पहिरोले जुगल गाउँपालिकामा दुई वटा झोलुङ्गे पुल बगाएको छ।
वडा नम्बर ३ स्थित दिपु, तेगा, तेम्बाथान जाने २ वटा झोलुङ्गे पुल बाढीले बगाएको जुगल गाउँपालिकाकी उपमेयर सिर्जना तामाङले जानकारी दिइन्।
पुल बग्दा ३०० घर धुरीको आवतजावत रोकिएको छ। पुल बगाएपछि गाउँपालिकाले त्यसको अध्ययनका लागि २ जना प्राविधिक खटाएको थियो। स्थलगत अध्ययनपछि वैकल्पिक व्यवस्था गरि अस्थायी पुल बनाएर केही टेण्ट र त्रिपाल बितरण गरिएको उनले जानकारी दिइन्।
स्थानीयको राहत र उद्धारका लागि गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालय तथा बिभिन्न निकायहरुसँग समन्वय गरिरहेको उनले जानकारी दिइन्। आजै दिपु, तेगा र तेम्बाथान बस्तीको अबस्था बुझ्न र केही खाद्यान्न, त्रिपाल अन्य सामग्रीहरु हेलिकप्टर मार्फत लैजाने प्रयास गरिरहेको उनले जानकारी दिइन्।
प्रतिकृया दिनुहोस्