August 3, 2021, Tuesday
२०७८ श्रावण २०, बुधबार
KN hd tv

देशभर थपिए २८२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २८२८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८६८७ पिसीआर र ८१४ ऐन्टिजेन गरी १३ हजार २२ नमुना परीक्षणमा २८२८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ७९, ललितपुरमा ६६ र काठमाडौंमा ३५४ गरी उपत्यकामा आज ४९९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २८२८ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३,२१७ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ३०८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३०८२ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.५ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५५८ पुगेको छ ।

नेपालमा हाल ६२ हजार १३७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५७ हजार ८२६ जना र संस्थागत आइसोलेशनमा ४३११ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९०२ र भेन्टिलेटरमा २७९ जनाको उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको