December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

आज पाँच उडानमार्फत खाडी र मलेसियाबाट नेपाली आउँदै

काठमाण्डौ – आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

यूएईको आबुधाबी, दुबई र सारजहाबाट नेपाली लिएर जहाज आउनेछन् भने नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत मलेसियाको क्लालाम्पुरबाट पनि नेपालीहरु फर्कंदै छन् ।

कुवेतमा आममाफीमा सहभागी नेपालीहरु जजिरा एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्कंदै छन् । यस्तै आज हिमालय एअरलाइन्सको चार्टर्ड जहाज थेन्जीनबाट आउनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज साउदी, कतार र कुवेतमा समस्यामा रहेका नेपाली लिन हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज त्यसतर्फ जाने तालिका रहेको छ । आज नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी १३ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको