मधेस केन्द्रित दलमा दलित र पाहाडीयाको मानमर्दन
काठमाडौ -जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीभित्रको असन्तुष्टिलाई मत्थर पार्न ५१सदस्यीय कार्याकारिणी समितिबाट दुई जनाको नाम हटाए, उनले हटाएका एक व्यक्ति हुन रामकुमार ओझा ।
ठाकुरले एकीकरण प्रक्रियासँग सुरु देखि नै असन्तुष्टि जनाउँदै आएका राजकिशोर यादव र अनिल झालाई कार्यकारिणी समितिमा भाग पु¥याउन दुई जनाको नाम हटाउन लगाएका छन् । उनलाई आफ्ना सम्धी उमाकान्त झाको नाम हटाउन पार्टीभित्र दबाब परेको थियो तर उनले सम्धीको नाम नहटाइ ओझाको नाम हटाए । ठाकुले हटाएका अर्का व्यक्ति हुन विजय सिंह ।
ओझाको र सिंहको ठाउमा ठाकुरले राजकिशोरको तर्फबाट गजाधार यादव र झाँको तर्फबाट सुनिल रोहितको नाम सिफारिश गरेका छन् । आफूलाई कार्यकारिणी समितिबाट हटाइएकोमा ओझाले चर्को विरोध गरेका छन । आफ्नो सहमति विना नै कार्यकारिणी समितिबाट नाम हटाएको भन्दै उनले गम्भिर आपत्ति प्रकट गरेका छन् । असार १९ गते जसपाले कार्यकारिणी समितिलाई परिमार्जन गर्दै निर्वाचन आयोगमा दोश्रो सूचि बझाएको छ । आयोगमा बुझाइएको सूचिमा ठाकुरले २२ जनामध्ये ९ जना आफ्नो मात्र मान्छे राखेको भन्दै पार्टीभित्र ठाकुरको विरोध भएको थियो । तर ठाकुरले आफनो विरोधलाई मत्थर पार्न तथा राजकिशोर र झालाई खुशी बनाउन ओझालाई मानमर्दन गरेका छन् ।
निर्वाचन अघि तत्कालिन राष्ट्रिय जनता पार्टीका नेताहरूले ओझाले नेतृत्व गरेका देशभक्त जनता पार्टीसँग एकीकरण गरेका थिए । त्यतीखेर ओझासँग पार्टी एकीकरण गर्नु राजपाको बाध्यता थियो । ओझाको चुनाव चिन्ह गोलाकारभित्र छाता थियो भने आयोगले राजपालाई छाता चुनाव चिन्ह दिएको थियो । गोलाकार भित्रको छाता र छाता चिन्ह मतपत्रमा अलग अलग राख्दा मतदाता भ्रममा पर्ने आसंका गर्दै गोलाकार भित्रको छाता चिन्हलाई मतपत्रमा नराख्न तत्कालिन राजपाका नेताहरूले ओझाको पार्टीसँग एकीकरण गरेका थिए । राजपा र तत्कालिन देशभक्त जनता पार्र्टीवीच एकीकरण पछि मतपत्रमा गोलाकार भित्रको छाता रहेको चुनाव चिन्ह राखिएन ।
राजपा र समाजवादी पार्टीवीच एकीकरण पछि एकीकृत पार्टीले चनाव चिन्ह छाता रोजेको छ । जसपाले आयोगमा चिट्ठिी लेख्दै गोलाकारभित्रको छाता चुनाव चिन्ह कसैलाई नदिन आग्रह पनि गरेको छ । ‘त्यसैले अब ओझाले पुरानो पार्टी गठन गरे पनि गोलाकार भित्रको छाता चुनाव चिन्ह पाउने छैनन’स्रोतले भन्यो‘त्यसैले ठाकुरले ओझालाई कार्यकारिणी समितिबाट नाम हटाउन लगाए ।’
अब अर्को घटनामा जाऔ, नव गठित जसपाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइलाई मयार्दामा चौथो नम्बरमा राखेको छ । जब कि पार्टी एकीकरण हुनु अघि भट्टराइको हैसियत समाजवादी पार्टीमा पहिलो स्थान थियो । दोश्रो स्थानमा उपेन्द्र यादवको नाम थियो । तर पार्टी एकीकरण हुँदा भट्टराइलाई चौथो नम्बरमा राखियो । पार्टी स्रोतको भनाइ छ,‘भट्टराइ चौथौं स्थानमा बस्न नचाहेको भए पार्टी एकीकरण सम्भव थिएन ’ त्यसपछि पार्टी एकीकरण नभएको यसको सबै दोष भट्टराइलाई लगाउने तयारी पनि भएको थियो । ‘पार्टी एकीकरण भाँडिएको अपजस नभोग्न भट्टराई जी चौथो स्थानमा बस्न तयार हुनु भयो,–भट्टराई निकट एक नेताले भने ‘त्यसैले उहाँ अशोक राइभन्दा पनि मुनि बस्न स्विकार गनु भयो । यो भनेको पार्टी एकीकणकोलागि उहाँले गर्नु भएको त्याग हो ।’
भट्टराइलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने भनिएको छ तर पार्टी अध्यक्ष ठाकुर भट्टराइलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिन तयार छैनन–स्रोतले भन्यो ।
अब तेश्रो उदाहरणमा जाऔ, जसपा नेतृत्वको प्रदेश २ सरकार तथा प्रदेश २को प्रदेश सभामा एक जना पनि पाहाडीय मूलको समुदायको प्रतिनिधित्व छैन । प्रदेश दुई सरकारमा एक जना पनि पाहाडीय मूलका मन्त्री छैनन् । जसपामा आबद्ध पाहाडीया मूलका नेताहरु प्रदेश सभामा समानुपातिकमा पनि अवसर पाएका छैनन् । यती मात्र नभइ प्रदेश सरकारले गरेका राजनीतिक मनोनयनहरूमा एक जना पनि पाहाडीया मुलका नेताले अवसर पाएका छैनन । जब कि प्रदेश २म पाहाडीया मूलको प्रतिनिधित्व ३५ प्रतिशत छ । ३५ प्रतिशत समुदायलाइ पूरै वेवास्ता गरी प्रदेश २ सरकार बनाएको छ,–प्रदेश २का एक पाहाडीया नेताको गुनासो छ ।
जनता समाजवादी पार्टीले राज्यका हरेक अंगमा समावेशीको एजेण्डालाई पहिलो प्राथमिकतामा राखेको छ । तर आफैले बनाएको प्रदेश २ सरकारमा पाहाडीया समुदाय मात्र प्रतिनिधित्व छैन, दलित समुदायलाई पनि निषेध गरेको छ । प्रदेश २ सरकारमा एक जना पनि दलित समुदायको प्रतिनिधित्व छैन ।
प्रतिकृया दिनुहोस्