August 3, 2021, Tuesday
२०७८ श्रावण २०, बुधबार
KN hd tv

खेतमा खनिएको पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाकाे मृत्यु

धनुषा –  धनुषाको मुखियापट्टी मुसहरनिया–६ मा आज (शुक्रबार) पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सीमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँका पाँच बालिकाको एकैपल्ट ज्यान गएपछि गाउँमा शोक छाएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।



शीर्ष समाचार

धेरै पढिएको