पोर्चुगलमा कोरोना प्रभावितको साहारा बन्दै बाग्लुङका इटालियन सेफ टंक सापकोटा
काठमाडौं – कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् ।
बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न बर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् । इटालीयन सेफका रुपमा चर्चित सापकोटाले राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए ।
कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका बिपद्मा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो ।
२५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा पाोर्चुगलका एक सफल व्यवसायी पनि हुन् ।
प्रतिकृया दिनुहोस्