April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

गण्डकीका मुख्यमन्त्री गुरुङ्गले पाएनन् विश्वासको मत

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विश्वासको मत गुमाएका छन् ।

बिहिबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा जम्मा २७ मत परेको छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको प्रस्तावको विपक्षमा ३० मत परेको छ ।

प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले बताएअनुसार बिहिबारको मतदानमा ५८ जना उपस्थित थिए । जसमध्ये १ जनाले कतै पनि मत हालेनन् ।

मुख्यमन्त्री गुरुङ्गलाई यसअघि नै निर्णायक मानिएका जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मत नदिने घोषणा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको