May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

इथियोपियामा भएको हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या २३९ पुग्यो

अदिस अबाबा – अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २३९ पुगेको छ ।

विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २३९ पुगेको प्रहरीले जनाएको छ ।

एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो ।

हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्‍याएका छन् ।

राजधानीसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सरकारले गायकको हत्याराका दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएता पनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको