December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौं–  नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनी दलका सदस्यलाई ह्विप जारी गरी पत्र पठाएको थियो । तर, दलको बैठकले पार्टीको निर्णय विपरित मुख्यमन्त्रीलाई विश्वासको मत दि ने निर्णय गरेको स्रोतले बतायो ।

२४ जना सदस्य रहेको संसदिय दलको बैठकमा छ जना प्रदेश सभा सदस्यहरु सहभागि भएपनि उपस्थिति गरेका थिएनन।

केपी शर्मा ओली पक्षका प्रदेश सभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ ।उनीहरुले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइएको छ। 

५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन्।
एमालेको माधव नेपाल पक्षले साथ दिँदा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेछन्। 

शीर्ष समाचार

धेरै पढिएको