November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पक्षमा अन्तरिम आदेश दिएको छ।

सांसदबाट हटाएपछि थापाले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए। पार्टी नीति उल्लंघन गरेको आरोपमा सांसदबाट हटाइएका थापाले त्यसलाई चुनौती दिँदै अदालत पुगेका थिए।

आफू स्वयं अदालतमा उपस्थित हुन नसकेपछि शुक्रबार वारेसनामामार्फत् रिट  दायर गरेका थिए। थापाको रिट आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको