December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

नीलकण्ठ नगरपालिकाद्वारा अक्सिजन प्लान्ट स्थापना

नीलकण्ठ नगरपालिकाले दुई वटा अक्सिजन मिनि प्लान्ट स्थापना गरेको छ । अक्सिजन अभावमा कोबिड संक्रमितहरुको मृत्युदर बढ्दै गएपछि जनताको जिवन रक्षाका लागि भन्दै नगरपालिकाले प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो । सार्वजनिक खरिद नियमावली अनुसार पु¥याउनुपर्ने सम्पुर्ण प्रक्रिया पुरा गरेर नगरपालिकाले छोटो समयमा नै प्लान्ट स्थापना गरेको हो । जिल्ला अस्पताल धादिङमा स्थापना गरीएको सो दुई वटा प्लान्टबाट प्रति प्लान्ट प्रति मिनेट ४० लिटर अक्सीजन उत्पादन हुने बताइएको छ । ३३ लाख लागतमा निमार्ण भएको सो प्लान्टको नगर प्रमुख भीम प्रसाद ढुंगनाले बिहिबार उद्घाटन गरेका छन् । प्लान्ट उद्घाटन गर्दै मेयर ढुंगानाले जनताको जिवन रक्षा नै आफ्नो पहिलो कतब्र्य भएको बताए । उनले जनताको जिवन रहे मात्र बाँकी कुरा रहने भन्दै जनताको जिवन रक्षाका लागि यो महत्वपुर्ण काम हुने बताए । ‘जनताको जिवनको रक्षा आजको प्रमुख आवश्यकता हो ।’ मेयर ढुंगानाले भने ‘जनताको जिवन बाँचे पछि विकास पनि होला, अन्य काम पनि, नागरीक नै रहेनन् भने के को विकास ।’ अहिले भईरहेको सत्तारुढ दलको फोहोरी राजनीतिले पनि जनताको जिवन रक्षा हुन नसकेको ढुंगानाले बताए । ‘संघीय सरकार र प्रदेश सरकार सरकारी रकम दुरुपयोग गरेर सत्ता टिकाउन लागेका छन्, यो सत्ता टिकाउने र गिराउने बेला होइन ।’ ढुंगानाले भने ‘प्रदेश र संघिय सरकारले अनावश्यक काममा ध्यान दिन छोडेर बरु यस्ता प्लान्ट स्थापना गरी जनताको रक्षामा लाग्नुपथ्र्यो, उनिहरुले नगरेपनि आफ्ना नागरीकको सुरक्षाका लागि केही न केही गर्नुपर्छ भनेर हामी लाग्यौं ।’

नगर प्रमुख ढुंगानाले आफुले सबै नगरबासीलाई कोबीडको भ्याक्सीन लगाउन प्रयत्न गरीरहेको पनि बताए । उनले कोबिडको खोप संघिय सरकारले यथेष्ट नदिएकाले आफुले नगरपालिकालाई खोप किन्न स्विकत दिन मन्त्रालयलयलाई आग्रह गरीरहेको बताए । ‘संघ र प्रदेश सरकार दुवै कामयावी नभएकाले मैले जनताको जिवन रक्षाका लागि नगरपालिाकाको तर्फबाट नै भ्याक्सीन किन्न स्विकृतका लागि मन्त्रालयमा अनुरोध गरेको छु ।’ उनले भने ‘बरु एक सालको पुरै बजेट प्रयोग गरेर भए पनि जनतालाई खोप लगाएर सुरक्षीत बनाउने अभियानमा म छु, हेरौं यो सरकारले स्विकृत दिन्छ कि दिंदैन ।’
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, नगर कार्यपालिका प्रवक्ता गौतमहरी अधिकारी लगायतको उपस्थीति थियो ।

शीर्ष समाचार

धेरै पढिएको