December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

ओलीले एकता नचाहेको नेपाल समूहका केन्द्रीय सदस्यहरूको निष्कर्ष

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकतावद्ध बनाउनै नचाहेको बताएका छन्। बिहीबार नेपाल समूहको भर्चुअल केन्द्रीय कमिटी बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अहिले पनि केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्ने क्रम जारी छ। ‘केपी ओली एकता चाहँदैनन् भन्नेमा केन्द्रीय सदस्यहरुको एकमत देखिएको छ’, ती सदस्यले भने।

आफूहरुले एकतावद्ध एमाले चाहेको भए पनि ओलीले नै एकता नचाहेकाले अब अब सुदृढ पार्टी निर्माणका लागि अघि बढ्नुको विकल्प नरहेको उनीहरुले बताएका छन्।

‘अब एकताका लागि गरिने संवाद र पार्टी पुनर्गठनलाई सङ्गै लैजानुपर्छ, एकता प्रयत्न कहिलेसम्म जारी राख्ने हो, यो पनि छिटो टुङ्ग्याउनुपर्छ भन्नेमा केन्द्रीय सदस्यहरुको एकमत देखिएको छ’, ती केन्द्रीय सदस्यले भने।

शीर्ष समाचार

धेरै पढिएको