December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दै छ।

पटक-पटक स्थगित हुँदै आएकाे बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

यसअघि साेमबारका लागि तय भएकाे स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियाे।

पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ।

शीर्ष समाचार

धेरै पढिएको