November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

आज देशभर ४७६२ जनामा कोरोना संक्रमण, ११४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १५,०५५ पिसीआर र २४२५ ऐन्टिजेन गरी १७४८० नमुना परीक्षणमा ४७६२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १२१, ललितपुरमा २५२ र काठमाडौंमा ८९० जना गरी उपत्यकामा जम्मा १२६३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४७६२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,४९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६४९१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ७९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ११४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,३८६ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ६ हजार ४७० जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७३३८ जना र होम आइसोलेशनमा १ लाख ४९२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४९२ जना र भेन्टिलेटरमा ४२४ जना उपचाररत छन् । आइतबारको तुलनामा आज आइसीयुमा रहनेको संख्या घटेको छ भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६८९ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३० लाख ५७ हजार ४२४ वटा नमुना परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको