मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपी नियुक्त गर्ने सम्भावना
काठमाडौं – विभिन्न निर्णय गर्न आज मन्पित्ररिषद् बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकले नयाँ (प्रहरी महानिरीक्षक) आईजीपी नियुक्त गर्ने सम्भाववना रहेको स्रोतले जानकारी दियो । गृह मन्त्रालयले आईजीपीको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । त्यसपछि मन्पित्ररिषद्ले आर्यजीपी नियुक्तीको निर्णय गर्नेछ । सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो ।
प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् । आईजीपी नियुक्तीबारे उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंग पनि छलफल गरेका छन् ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन् ।
प्रतिकृया दिनुहोस्