December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

पार्टी विवाद समाधान नभएसम्म जसपा सरकारमा नजाने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) पार्टीभित्र देखिएको विवाद समाधान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ठाकुरले जसपा अहिले सरकारमा जाँदा झन् विवाद बढ्ने बताएका थिए ।

त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि ठाकुरले आग्रह गरेका छन् ।

ऐन संशोधनदेखि लिएर अन्य के सहयोग हुन सक्छ, त्यसमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । सरकारमा सहभागी भए पार्टीको सदस्य स्वतः रद्द हुने निर्णय कार्यकारिणी समितिको बैठकले गरेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रममा जसपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका दुवै पक्षले आपसमा स्पष्टिकरण सोधेपनि दुवै पक्षबाट कुनै जवाफ आउन सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको